सूचनाको शक्ति - The Power Of Information

        

शिक्षामन्त्रीले भनिन्, ‘नेपाली नागरिक हुँ, पीआर र नागरिकता लिएकी छैन’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले नेपाली नागरिक भएकाले अन्य देशका पीआर तथा नागरिकता नलिएको प्रस्ट पारेकी छन् । बुधबार सामाजिक सञ्जाल एक्समा उनले कुनै देशको पनि अस्थायी तथा स्थायी बसोबास गर्न अनुमति पत्र नलिएको जानकारी दिइन् ।

‘म नेपालको नागरिक हुँ, कुनै अन्य देशको पीआर वा नागरिकता लिएकी छैन,’ उनले भनेकी छन्,’ ट्याबलोइड सञ्चार माध्यममा सीमित रहँदा सम्म जवाफ दिन जरुरी ठानिन तर राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेकोले जवाफ दिएकी छु ।’ पीआर वा नागरिकता भनेर पनि नखुलाइएको र पूर्णतः निराधार रहेको उनले बताइन् ।

‘छानबिनमा पूरा सहयोग गर्नेछु । मैले भिडियोमा आफ्ना तर्कहरू राखेकी छु, हेर्नुहोला,’ उनले अगाडि थपेकी छन्,’ आरोप के प्रमाणको आधारमा लगाइयो, लगाउनेको नियत र कस्तो बेला ल्याइयो, प्रश्न गर्नुहोला । युरोपियन देशको पीआर वा नागरिकता लिने प्रक्रिया बुझेका कसैले यसबारे केही प्रकाश पारिदिनुहुन्छ कि ।’ उनले आफ्नो श्रीमान पोल्याण्डको रहेको जानकारी दिएकी छन् ।

उनका अनुसार श्रीमान पोल्याणको भए पनि नागरिकता लिएको छैन । उनले १२५ दिनभन्दा कम समय पोल्याण्ड बसेको बताइन् । २० वटा मुलुकको भ्रमण गरेकाले स्थायी बसोबासका लागि कुनै कागजात नलिएको उनको भनाइ छ । ‘आरोप आफैंमा अस्पष्ट छ, कुन देशको पीआर वा नागरिकता भनेर पनि खुलाइएको छैन र पूर्णतः निराधार छ, तर छानबिनमा पूरा सहयोग गर्नेछु,’ उनले भनिन् ।

विदेशीसँग विवाह गर्नासाथ नागरिकता वा पीआर लिन्छ भन्ने गलत धारणा बनाइएको शिक्षामन्त्री श्रेष्ठले उल्लेख गरिन् । राष्ट्रिय सतर्कता केन्द्रले श्रेष्ठलाई पोल्याण्डको पीआर लिएको विषयमा पत्र पठाएको छ । नेपाली नागरिकतासँगै पोल्याण्डको पीआर लिएको भन्दै परेको उजुरीका विषयमा बुझ्न भन्दै केन्द्रले पत्र पठाएको हो ।

प्रकाशित मिति : २६ असार २०८१, बुधबार १५:३९

लोकप्रिय