सूचनाको शक्ति - The Power Of Information

        

बजेट खर्च साढे १३ खर्ब, एकैदिन साढे ३५ अर्ब भुक्तानी

सरकारी खाता बन्द हुनुअघि सोमबार सरकारले एकैदिन ३५ अर्ब ६१ करोड खर्च गरेको छ । योसँगै चालु आर्थिक वर्षको बजेट खर्च १३ खर्ब ५६ अर्ब पुगेको छ । यो अवधिमा ८ खर्ब ८८ अर्ब ५३ करोड कर र राजस्व संकलन भएको छ भने गैरकर शीर्षकमा १ खर्ब १ अर्ब ४३ करोड संकलन भएको छ ।

अनुदान शीर्षकमा २ अर्ब ७५ करोड संकलन भएको छ भने अन्य शीर्षकमा २३ अर्ब ९ करोड संकलन गरेको छ । चालू खर्च शीर्षकमा ९ खर्ब ३३ अर्ब ८५ करोड भुक्तानी भएको छ। विकास खर्च १ खर्ब ७२ अर्ब ९ करोड छ । सोमबार मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द भएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्था अनुसार महालेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालयले सञ्चालन गर्ने खाता बन्द गरिएको हो । अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि भने महालेखा नियन्त्रक कार्यालयको सहमतिमा भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा छ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलवार १६:४६

लोकप्रिय