राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मेवारीबाट हटाइएका डा.मुकुल ढकालले आफु ‘रवि लामिछाने क्लव’बाट निष्कासित भएको प्रतिक्रिया दिएका छन् । रास्वपाका महामन्त्री, प्रवक्ता लगायतको जिम्मेवारीबाट हटाउने निर्णयलाई ढकालले ‘रवि लामिछाने क्लबको कारबाही’ भनी टिप्पणी गरेका हुन् ।
आजै (मंगलबार) बिहान बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य मात्र रहने गरी महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट बर्खास्त गरेको हो । त्यसलगत्तै सामाजिक सञ्जालमार्फत ढकालले रास्वपाबाट निकालिएको नभई रवि लामिछाने क्लबबाट मात्र निकालिएको दाबी गरेका हुन् ।
उनले पार्टीभित्र ‘घण्टी बज्न नरोकिने’ र राष्ट्रय स्वतन्त्र पार्टी बनाउने संकल्प जारी रहने जिकिर पनि गरेका छन् । ‘रवि लामिछाने क्लबबाट निष्कासित भएको हुँ,’ ढकालले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन। बाँकी कुरा भोलि…।’
ढकालले ३९ जिल्लाका नेता तथा कार्यकर्तासँग अन्तर्क्रिरया गरी प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाएका थिए । उक्त प्रतिवेदन यसअघि बसेको केन्द्रीय कार्यसमिति बैठकमा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले पढेर सुनाएका थिए । पार्टी अनुशासनबाहिर गएको भन्दै रास्वपाले ढकालमाथि कारबाही गरेको हो ।
ढकाल अब पार्टीमा साधारण सदस्यमात्र रहेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा रास्वपाका सहप्रवक्ता मनीष झाले जानकारी दिए । उनका अनुसार केन्द्रीय समितिको निर्णय चित्त नबुझे ढकालले ३५ दिनभित्र पुनरावेदन गर्ने मौका पाउने बताइएको छ।
‘केन्द्रीय अनुशासन आयोगको हदैसम्मको कारबाही गर्नुपर्ने सिफारिसलाई समेत ध्यानमा राखी निजलाई पार्टीको विधानको धारा ५६ ९३० बमोजिम पार्टीको साधारण सदस्य कायम राखी पार्टी महामन्त्री, पार्टी प्रवक्ता तथा केन्द्रीय समिति सदस्यबाट पदमुक्त गर्ने सर्वसम्मत निर्णय गरियो,’ बैठकका निर्णय सुनाउँदै झाले भने ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं