सूचनाको शक्ति - The Power Of Information

        

रास्वपाका महामन्त्रीको राजनीतिक यात्रा बिसर्जनको संघारमा

रास्वपाको अनुशासन आयोगले निलम्बित महामन्त्री मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ ।

रास्वपाको गत बुधबार बसेको केन्द्रीय समिति बैठकले महामन्त्री मुकुल ढकाललाई एक साता निलम्बन गर्ने निर्णय गरेको थियो । थप कारबाहीको सिफारिस गर्न अनुशासन आयोगलाई पार्टीले निर्देशन दिएको थियो ।

अनुशासन आयोगका प्रमुख डा.भरत देवकोटाले प्रतिवेदन तयार पारी केही दिनअघि नै सभापति रवि लामिछानेलाई बुझाएका थिए । सो सिफारिसबारे जारी केन्द्रीय समिति बैठकमा छलफल भइरहेको छ । आयोगको सिफारिसमाथि छलफल गरेर केन्द्रीय समितिले आवश्यक निर्णय लिनेछ ।

बैठकमा अराजकरुपमा प्रस्तुत भएको तथा पार्टीकोविरुद्ध गतिविधि गरेको भन्दै उनी निलम्बनमा परेका थिए । अनुशासन आयोगको सिफारिस केन्द्रीय समितिबाट अनुमोदन भएमा ढकालको दुई वर्षे राजनीतिक यात्रा रास्वपामा बिसर्जन हुनेछ ।

प्रकाशित मिति : २५ असार २०८१, मंगलवार १०:३२

लोकप्रिय