रास्वपाका मन्त्रीहरुले सरकारी निवास छाड्न थालेका छन् । केही सरकारी निवास छाडेर बाहिरिइसकेका छन् भने केही प्रक्रियामा छन् । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले सरकारी निवास छाडेका छन् । उनले आजबाट विधिवत रूपमा निवास छाडेको जानकारी दिए ।
उनले आफू शुक्रबारबाट मन्त्रालय पनि जान छाडेको र मन्त्रालयसँग सम्बन्धित काम बाहेकमा गाडी र सुरक्षा संयन्त्रको पनि प्रयोग नगर्ने उनले बताए । ‘आजबाट विधिवत् रुपमा मैले सरकारी निवास छाडेँ । शुक्रबारबाट मन्त्रालय गएको छैन । गाडी र सुरक्षा संयन्त्र पनि मन्त्रालयको काम परेमात्र प्रयोग गर्छु,’ उनले भने ।
मन्त्रालय नजाँदा कसरी काम भइरहेको छ भन्ने प्रश्नमा उनले संयन्त्रले काम गरिरहेको जानकारी दिए । ‘सरकार अल्पमतमा । दीर्घकालीन असर गर्ने निर्णय गर्न पाइँदैन । दिनहुँ काम कर्मचारी संयन्त्रबाट हुन्छ,’ उनले थपे, ‘अनिवार्य पर्यो भने जान्छु । नभए संयन्त्रबाट काम हुन्छ ।’
रास्वपाका सबै मन्त्रीले छाडेको हो ? भन्ने प्रश्नमा उनले आफ्नो जानकारीमा सबैले सरकारी निवास छाडेको जानकारी आएको बताए । ‘विधिवत् छाड्नुभयो कि भएन मलाई थाहा भएन । तर, सबैले छाडेको भन्ने सुनेको छु । तर, मैले चाहिँ विधिवत रूपमा प्रकृया पुरा गरेर छाडेँ,’ उनले भने ।
नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ गठबन्धन बनाउने निर्णय गरेपछि राजनीतिक तरलता सिर्जना भएको छ । एमालेले सरकार छाडेर समर्थन फिर्ता गरेपछि सरकार स्पष्ट अल्पमतमा छ । जसपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।
यस्तो अवस्थामा रास्वपा मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा उभिएको छ । अल्पमतमा रहेका प्रचण्डले असार २८ गते विश्वासको मत लिँदैछन् । यता, एमाले चाहिँ प्रचण्डलाई राजीनामा दिन दबाब दिइरहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं