मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले विश्वासको मत पाएका छन् । गत जेठ २५ गतेमात्रै नेकपा एमाले र माओवादी केन्द्रसहितका दलको सहयोगमा मुख्यमन्त्री बनेका सिंहले गठबन्धन फेरेर विश्वासको मत लिएका हुन् ।
उनको पक्षमा ६७ मत र विपक्षमा ३४ मत प्राप्त भएको छ । मुख्यमन्त्री बनेको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार सिंहले असार २१ गतेका लागि विश्वासको मत लिनका लागि गत असार १४ गते नै प्रदेशसभामा पत्र दर्ता गराएका थिए ।
यसैबीच नेकपा एमालेले कांग्रेससँगको गठबन्धन गरेर अघि बढ्ने समझदारी केन्द्रमा गर्यो । केन्द्रको सत्ता गठबन्धनमा परिवर्तन आएसँगै उनलाई नेपाली कांग्रेस र नेकपा एमालेले विश्वासको मतका लागि सहयोग गर्ने भएका छन् । मधेस प्रदेशसभामा नेकपा (एमाले) का २५, नेपाली कांग्रेसका २२ र जनमत पार्टीका १३ सांसद छन् ।
मधेश प्रदेशसभामा माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका ७, जनता समाजवादी पार्टीका १९ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई सर्मथन गरेको भए पनि जनमत पार्टी सरकारमा भने सहभागी भएको थिएन ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । मधेस