नेकपा एकीकृत समाजवादीले यसअघि पोलिटब्यूरो सदस्य रहेका प्रेम आलेलाई केन्द्रीय कमिटीबाट हटाएको छ । शुक्रबार सम्पन्न पार्टीको १०औँ महाधिवेशनबाट पोलिटब्यूरो सदस्यहरूलाई राखेर बनाइएको ९३ जना केन्द्रीय सदस्यको सूचीमा आलेको नाम राखिएको छैन ।
डोटीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आलेलाई केन्द्रीय सदस्यबाट हटाइएकाले उनको नाम समावेश नगरिएको उपमहासचिव जगनाथ खतिवडाले जानकारी दिए । उनले भने, ‘प्रेम आले महाधिवेशनमा हुनुहन्थेन । महाधिवेशनमा नआउनेलाई केन्द्रीय कमिटीमा नराख्ने निर्णयमा उहाँ पनि पर्नुभयो ।’
पछिल्लो समय पार्टी कामबाट निष्क्रिय रहेका आलेले महाधिवेशनमा आफू सहभागी नभएको र बहिष्कार गरेको बताए । बहिष्कार गरेको महाधिवेशनले गरेको निर्णयको अर्थ नरहेको र अब पार्टीप्रति रुचि नभएको बताए । उनले आफू जनताप्रति उत्तरदायी र स्वतन्त्र भएर जनताको काम गर्ने बताए ।
एमालेबाट विद्रोह गर्दै नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गर्दा आलेले माधवकुमार नेपाललाई साथ दिएका थिए । पार्टी दर्तापछि आले ६ महिनासम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए । डोटीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य आले एमाले विभाजन भएर २०७८ मा एकीकृत समाजवादी बन्दा उनले माधवकुमार नेपालाई साथ दिएका थिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं