धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा चर्चामा आइरहने मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै साम्पाङले २०८१ सालभित्रै दल खोल्ने घोषणा गरेका हुन् ।
उनले भनेका छन्, ‘२०८१ सालभित्र नयाँ राजनीतिक शक्तिको घोषणा गर्नेछौं । मन परे साथ दिएर जोडिनुहोला ।’ साम्पाङ सामाजिक सञ्जालमा निकै सक्रिय छन् । उनले आफ्ना हरेक प्रतिक्रिया सञ्जालबाट नै दिने गरेका छन् ।
आज बिहान सामाजिक सञ्जालमा अन्तिम पटक पार्टी खोल्ने चर्चा गर्दै उनले त्यसपछि कुनै पार्टी खोलिरहन नपर्ने समेत उल्लेख गरेका छन् । ‘अब यो देशमा अन्तिम चोटी ‘फाइनल’ पार्टी खोलिनेछ । त्यसपछि कुनै पार्टी खोलिरहन पर्ने औचित्य रहने छैन । हर्कले सामाजिक सञ्जालमा लेखेका छन्, ,‘फुल एन्ड फाइनल भर्सन अफ पोलिटिक्स !’
आइतबार बिहान ८ बजेतिर उनले यो धारणा राख्दै गर्दा एक घण्टाको अवधिमा झन्डै साढे हजार प्रतिक्रिया आएका छन् । जसमा कतिपयले हर्कले बढी बोल्न थालेको भन्दै आलोचना गरेका छन् भने कतिपयले भने नयाँ पार्टीलाई शुभकामना दिएका छन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं