राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले तत्काल राजीनामा नदिने भएका छन् । आज राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किएका हुन् ।
प्रधानमन्त्रीले संसद सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिञ्जेल पर्खिन आग्रह गरेपछि अहिले राजीनामा नदिएको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्छुभन्दा आफूहरुले साथ दिने परियारले बताए । रास्वपा मन्त्रीहरुले संसदमा विश्वासको मतको प्रक्रियामा छिटो जान सुझाव दिएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सरकार बनाउने सहमति भएपछि प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भएको थियो ।
कांग्रेस र एमालेले राजीनामा दिएर नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्न आग्रह गरे पनि प्रधानमन्त्रीले संसद फेस गर्ने अडान लिएका छन् । एमालेका मन्त्रीहरुले हिजै प्रधानमन्त्रीलाई राजीनामा बुझाईसकेका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं