सूचनाको शक्ति - The Power Of Information

        

रास्वपाको निरंकुशता, महामन्त्रीलाई लिखित प्रस्ताव पेश गर्न रोक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा.मुकुल ढकालले केन्द्रीय समितिको बैठकमा सभापति रवि लामिछानेले समीक्षा प्रतिवेदन बारेको लिखित प्रस्ताव पेश गर्न नदिएको बताएका छन् । जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री ढकालले आफ्नो समीक्षा प्रतिवेदन बारेको लिखित प्रस्ताव पेश गर्न सभापति लामिछानेले नदिएको आरोप लगाएका हुन् ।

उनले भनेका छन्, ‘समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव पेश गर्न हिजो सचिवालयको बैठकमा अनुमति दिएको थियो तर लिखित प्रस्ताव तयार पारिए पनि पेश गर्ने अनुमति सभापतिले दिनु भएन । प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ ।’

निरंकुश बन्दैछन् त रवि लामिछाने ?

रवि लामिछानेले कुनै समय आफूलाई कम्युनिष्टहरुको कित्तामा राखेको भनेर असन्तुष्टि जनाएका थिए । उनले पार्टी पूर्णरुपले लोकतान्त्रिक भएकाले लोकतान्त्रिक स्वतन्त्रतामै जोड दिने बताएका थिए । तर पछिल्लो समय पार्टीका खम्बा महामन्त्री ढकालमाथि गरेको उनको व्यवहारले भने पार्टी कुन अवस्थामा रहेको छ भन्ने स्पष्ट गर्दै गएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको संगतले उनलाई पनि छोएको आरोप रास्वपाभित्रै लाग्न थालेको छ । केन्द्रीय समितिको बैठकलाई प्रत्यक्ष प्रसारणको माग राखेका महामन्त्री ढकालको सो माग पूरा नभएपछि उनले मुखमा कालो टेप लगाएर बैठकमा सहभागिता जनाइरहेका छन् ।

प्रकाशित मिति : १९ असार २०८१, बुधबार १२:४५

लोकप्रिय