सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीमा ७५ दिनमै सरकारबाट बाहिरिँदै एमालेका मन्त्रीहरू

संघमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने सहमतिसँगै प्रदेशमा समेत सरकार परिवर्तनको तयारी सुरु भएको छ ।

लुम्बिनी प्रदेशमा नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । लुम्बिनीमा माओवादी केन्द्रको नेतृत्वमा सरकार छ । लुम्बिनीमा एमालेले नेतृत्व पाउने गरी सहमति भएको छ ।

स्रोतका अनुसार बुधबारसम्ममा एमालेका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । ७६ दिनअघि अर्थात् ६ बैशाख २०८१ मा शपथ लिएर मन्त्रीको कार्यभार सम्हालेका एमालेका मन्त्रीहरुले राजिनामा दिने तयारी गरेका हुन् ।

एमालेबाट दिनेश पन्थी, अर्जुनबहादुर केसी, भूमिश्वर ढकाल, चेतनारायण आचार्य र रत्नबहादुर खत्री मन्त्री नियुक्त भएका थिए । लुम्बिनीमा नेकपा एमालेका २९ सांसद छन् । एमाले सरकारबाट बाहिरिएसँगै लुम्बिनीमा माओवादी केन्द्र नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।

अल्पमतमा परेपछि मुख्यमन्त्री जोखबहादुर महराले स्वत राजीनामा दिनेछन् वा विश्वासको मत लिने ३० दिनको समयसम्म आफ्नो कार्यकाल लम्ब्याउन सक्नेछन् । गएरातिको सहमतिसँगै संघमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बन्नेछ ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलवार १२:०५

लोकप्रिय