सोमबार मध्यरातको दौडधुपले प्रचण्ड नेतृत्वको गठबन्धन सरकार ढल्ने निश्चित भएको छ । कांग्रेस र एमालेबीच नयाँ सरकार गठनको सहमति भएसँगै वर्तमान सरकारको आयु सकिएको हो ।
एमालेले मध्यरातमै प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताको पत्र राष्ट्रपति कार्यालयमा दर्ता गराएको छ । कांग्रेस–एमाले मिलनसँगै प्रचण्ड सरकार अल्पमतमा पर्ने निश्चित भएको छ ।
कांग्रेस–एमाले समझदारी अनुसार पहिलो चरणमा केपी शर्मा ओली प्रधानमन्त्री बन्नेछन् । उनले डेढ वर्ष सरकार चलाउने छन् । बाँकी डेढ वर्ष शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् । २०८४ को चुनाव पनि उनैले गराउनेछन् ।
साना दललाई पनि साथ लैजाने सहमति यी दुई दलबीच भएको छ । किनभने कांग्रेस र एमालेले मात्र दुई तिहाइ बहुमत पुग्दैन । प्रतिनिधिसभामा एमालेका ७८ र कांग्रेसका ८८ सांसद छन् ।
एमालेले अर्थसहित ९ वटा र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भएको छ । सहमतिमा प्रदेशमा कुन पार्टीले कति प्रदेश सरकारको नेतृत्व लिने भन्ने विषय पनि समावेश छ ।
एमालेले कोशी, लुम्बिनी र कर्णाली प्रदेश सरकारको नेतृत्व गर्नेछ भने कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ । मधेश प्रदेश सरकारको नेतृत्व मधेशवादी दललाई नै दिने सहमति बनेको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं