प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पाँच सय र एक हजारका नोट प्रतिबन्ध लगाउन सरकारसँग माग गरेका छन् । मुलुकमा आर्थिक सुशासन कायम गर्ने हो भने सरकारले पाँच सय र एक हजारको नोट प्रतिबन्ध लगाउनुपर्ने उनको जिकिर थियो ।
बुधवार प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उपसभापति गुरुङले ती नोटहरु प्रतिवन्ध गरियो भने मुलुकमा ८० प्रतिशत भ्रष्टाचार नियन्त्रण हुने, सोही अनुपातमा गैरकानूनी कारोबार रोकिने र ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुने दाबीसमेत गरे ।
उनले अवैध धनराशी पनि पाँच सय र एक हजारका नोटमा प्रतिबन्ध लगाएपछि बाहिर आउने बताए । ‘आर्थिक सुशासनका लागि मेरो प्रस्ताव हो यो, पाँच सय र एक हजारको नोट क्वीट गर्न सक्नुपर्दछ । सरकारमा बसेका साथीहरुलाई म यो निवेदन गर्न चाहन्छु सभामुख महोदय,’ काँग्रेस उपसभापति गुरुङले भने । उनले आजको दिनमा यदि आर्थिक सुशासन सुशासन कायम गर्ने हो भने पाँच सय र एक हजारको नोट अब क्वीट गरेर जान आवश्यक रहेको बताए ।
उनले भने, ‘यदि यी नोटहरु क्वीट गर्यौं भने ८० प्रतिशत गैरकानूनी कारोबार, ८० प्रतिशत भ्रष्टाचार र ८० प्रतिशत राजस्व चुहावट नियन्त्रण हुन्छ । अनि सिरानी मुनि भएका पैसा, खाटमुनि भएका पैसा, जमिनमुनि भएका पैसा, पानीमुनि भएका सबै पैसा बाहिर आउँछ ।’ सिरानी मुनि, खाटमुनि, जमिनमुनि र पानीमुनि भएका सबै पैसा बाहिर ल्याउनका लागि पनि सरकारले ५ सय र हजारको नोटमा तत्काल प्रतिवन्ध लगाउन आवश्यक रहेको उनको भनाइ छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं