देशभरबाट ८२५ शिक्षकले राजनीतिक दलको सदस्यता त्यागेका छन् । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले १०० दिनको उपलब्धि सार्वजनिक राजनीतिक दलमा लागेका शिक्षकले दलको सदस्यता त्यागेको जानकारी दिइन् ।
मन्त्री श्रेष्ठले यस अवधिमा ४५ जना शिक्षकका सम्बन्धमा उजुरी प्राप्त भएको तथा ४२१ जना शिक्षकलाई स्पष्टीकरण सोधिएको र चार जना शिक्षकले सफाइ पाएको तथा २० जना शिक्षकले शिक्षण पेसाबाट राजीनामा दिएको जानकारी दिइन् ।
उनले गत फागुन २३ गते मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् । मन्त्रीको जिम्मेवारी सम्हाल्नेबित्तिकै मन्त्री श्रेष्ठले शिक्षकलाई दलीय आबद्धता त्याग गर्न आह्वान गरेकी थिइन् ।
यसबिचमा शिक्षक सरुवा सम्बन्धी निर्देशिका जारी गरिएको, शिक्षक सेवा आयोग नियमावली तथा शिक्षा नियमावली दसौँ संशोधन प्रक्रिया थालनी गरिएको, शिक्षकको दरबन्दी मिलानका लागि अध्ययन सुरु गरिएको लगायतको विषयलाई मन्त्री श्रेष्ठले मुख्य उपलब्धि ठानेकी छिन् ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं