नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य यथावत छ । अर्थात् हिजो कारोबार भएकै मूल्यमा आज पनि धेरैजसो विदेशी मुद्राको कारोबार हुनेछ ।
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ४० पैसा र बिक्रीदर १३४ रुपैयाँ निर्धारण भएको छ । हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४० पैसा निर्धारण भएको छ ।
हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो । आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७० रुपैयाँ २७ पैसा निर्धारण भएको छ । त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ ।
आजको लागि कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ९२ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ । त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ५० पैसा निर्धारण भएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं