गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । बजेटमा चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार र पूँजीगततर्फ १९ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
यो चालु आर्थिक वर्षको भन्दा सानो आकारको बजेट हो । गण्डकी प्रदेशसभामा अर्थमन्त्री डा.टकराज गुरुङले संघ सरकारबाट आउने विभिन्न शीर्षकका अनुदान रकम घटेकाले बजेटको आकार पनि घटेको जानकारी दिए । चालु आर्थिक वर्ष २०८०–०८१ का लागि गण्डकी प्रदेश सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको आय–व्यय विवरण (बजेट) पेस गरेको थियो ।
अर्थमन्त्री जीतप्रकाश आले मगरबाट प्रस्तुत बजेटमा चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात् कुल बजेटको ३८.१ प्रतिशत र पूँजीगततर्फ कुल बजेटको ६०.४ प्रतिशत अर्थात् २० अर्ब १९ करोड ४ लाख ६२ हजार तथा वित्तीय व्यवस्थातर्फ १.५ प्रतिशत अर्थात् ५० करोड विनियोजित थियो ।
त्यसको अघिल्लो आर्थिक वर्षमा ३५ अर्ब ९० करोड ९० लाखको बजेट ल्याएको थियो । पर्यटन, कृषि, खानेपानीमा जोड दिँदै मन्त्री गुरुङले बजेटको अधिकांश हिस्सा पूर्वाधार विकास निम्ति छुट्याएका हुन् । कृषि क्षेत्रमा व्यवसायीकरण र रूपान्तरण नारा दिएको प्रदेश सरकारले उत्पादन र रोजगारीमा जोड दिइने जनाएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected], [email protected]
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : [email protected]
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । गण्डकी