नेपाल हस्तकला महासङ्घका अनुसार नेपालबाट तीन अर्ब २६ करोड ३४ लाख १६ हजार चार सय ७० बराबरको हस्तकला विदेश निर्यात भएको छ । चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म नेपालमा उत्पादित तीन अर्ब बढीको हस्तकला विदेश निर्यात भएको हो ।
विदेश निर्यात भएको हस्तकलामध्ये फेल्टबाट बनेका सामग्री बढिरहेका महासङ्घका महानिर्देशक उत्तमप्रसाद देवकोटाले जानकारी दिए । उनका अनुसार चालु आवको जेठ १५ गतेसम्म नेपालबाट रु एक अर्ब २८ करोड २५ लाख १८ हजार नौ सय ४६ को फेल्टबाट बनेका हस्तकलाका सामग्री विदेश निर्यात भएको छन् ।
नेपालबाट हाल अल्लो, बाँसजन्य वस्तु, पोतेका सामान, हाड सिङबाट बनेका, सेरामिक सामान, सुर्तीजन्य वस्तु, स्फटिकजन्य, ढाका, फेल्ट, सिसा, धूप, छाला, धातुजन्य, कपडाजन्य, चित्रकला, कागज र कागजजन्य, रेशाजन्य, चाँदी गरगहना, हस्तकला, काष्ठकला र उलनजन्य लगायत सामान विदेशमा निर्यात हुँदै आएको महानिर्देशक देवकोटाले बताए ।
उनका अनुसार चालु आवमा धातुजन्य पदार्थबाट बनेका हस्तकला रु ९० करोड १८ लाख १९ हजार ४७२, उलनबाट बनेका रु १९ करोड ५२ लाख ६९ हजार ८९०, नेपाली कागजजन्य रु १८ करोड ५२ लाख ९६ हजार ८६६, मोतीबाट बनेका रु १६ करोड चार लाख १६ हजार ६३६ बराबरका सामग्री निर्यात भएका छन् ।
काठका रु आठ करोड ७७ लाख ५५ हजार ८०६, कपासका रु पाँच करोड ६२ लाख ६९ हजार ४७६, सिसाजन्य हस्तकलाका सामग्री रु चार करोड ३४ लाख ३८ हजार २५१, नेपाली धूपजन्य रु तीन करोड ३९ लाख ३१ हजार ७९७ निर्यात भएको छ ।
बाँसजन्य, ढाकाका कपडा, भाङबाट बनेका कपडा, छालाजन्य पदार्थ, पश्मिनाका कपडा, प्लास्टिकजन्य सामग्री, सिल्क, सिल्भर र ढुङ्गाबाट बनेका हस्तकलाका सामग्री ठूलो मात्रामा निर्यात हुँदै आएको महानिर्देशक देवकोटाले बताए । उनका अनुसार यहाँ उत्पादित हस्तकला छिमेकीमूलुक भारत, चीन, संयुक्त राज्य अमेरिका, जर्मनी, डेनमार्क, नेदरल्याण्ड, बेलायत, अष्ट्रेलिया, सिङ्गापुर लगायत देशमा निर्यात हुने गरेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं