सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी डलर र रियाल स्थिर, युरो र पाउण्डको मूल्य घट्यो

नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर आज आइतबारको तुलनामा स्थिर छ । डलर आज एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसाका दरले कारोबार भइरहेको छ ।

यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ७७ पैसा र बिक्री दर १४४ रुपैयाँ ४२ पैसामा झरेको छ । आइतबार युरो एकको खरिद दर १४४ रुपैयाँ ९९ पैसा र बिक्री दर १४५ रुपैयाँ ६४ पैसामा कारोबार भएको थियो । आज बेलायती पाउण्ड पनि घटेर आएको छ ।

पाण्उड आज एकको खरिद दर १६९ रुपैयाँ ३४ पैसा र बिक्री दर १७० रुपैयाँ १० पैसामा कारोबार भैरहेको छ । हिजो पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ३१ पैसा र बिक्री दर १७१ रुपैयाँ ०८ पैसा पुगेको थियो । यस्तै, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६७ पैसामा कारोबार भैरहेको राष्ट्र बैंकले जनाएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 133.10 133.70
EUR  (European Euro) 1 143.77 144.42
GBP  (UK Pound Sterling) 1 169.34 170.10
CHF  (Swiss Franc) 1 148.53 149.20
AUD  (Australian Dollar) 1 87.62 88.01
CAD  (Canadian Dollar) 1 96.69 97.13
SGD  (Singapore Dollar) 1 98.46 98.91
JPY  (Japanese Yen) 10 8.49 8.53
CNY  (Chinese Yuan) 1 18.36 18.45
SAR  (Saudi Arabian Riyal) 1 35.49 35.65
QAR  (Qatari Riyal) 1 36.50 36.67
THB  (Thai Baht) 1 3.62 3.63
AED  (UAE Dirham) 1 36.24 36.40
MYR  (Malaysian Ringgit) 1 28.37 28.50
KRW  (South Korean Won) 100 9.64 9.69
SEK  (Swedish Kroner) 1 12.63 12.68
DKK  (Danish Kroner) 1 19.27 19.36
HKD  (Hong Kong Dollar) 1 17.04 17.11
KWD  (Kuwaity Dinar) 1 434.02 435.97
BHD  (Bahrain Dinar) 1 353.10 354.69

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार ०७:३४

लोकप्रिय