सूचनाको शक्ति - The Power Of Information

        

मधेश प्रदेशमा सतिशले लिए मुख्यमन्त्रीको शपथ

मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नवनियुक्त मुख्यमन्त्री सिंहलाइ शपथ खुवाएकी हुन् ।

प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को २ बमोजिम शुक्रबार नै सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । ६ दलका ५५ सांसदको समर्थनमा सिंहले शुक्रबार बिहान ८ बजे मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

सतिशकुमार नेतृत्वको मन्त्रीमण्डलमा सत्ता साझेदार दलहरुमध्ये सबैभन्दा ठूलो दल एमालेलेले चार मन्त्रालय पाउने भएको छ । सरकारको नेतृत्वको तयारीमा रहेको जनमतले मुख्यमन्त्री बाहेक अर्को एक मन्त्रालय मात्रै पाउने सहमति छ ।

एमालेले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र युवा तथा खेलकुद, माओवादीले अर्थ र उद्योग बाणिज्य तथा पर्यटन, नेकपा एकीकृत समाजवादीले ऊर्जा, सिंचाइ तथा खानेपानी र कृषि, प्रदेश सभामा एक–एक सिट रहेका नागरिक उन्मुक्ति र नेपाल समाजवादी पार्टीले क्रमशः श्रम तथा यातायात र गृह र सञ्चार तथा कानुन तथा मुख्यमन्त्री पाएको जनमतले भने वन मन्त्रालय मात्रै पाउने सहमति ६ दलबीच भएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार १३:१८

लोकप्रिय