सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण स्वीकृत भएको छ । बिहीबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृत गरेको हो । प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ ग्रहणमा भाग लिन आइतबार भारत जान लागेका हुन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भनिन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले भारतका प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा सहभागिता जनाउने निर्णय भएको छ । अरू टोली निर्माण हुन्छ ।’ भारतमा चुनाव चुनावपछि नयाँ सरकार गठन हुँदैछ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार ०७:१३

लोकप्रिय