राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले संसद्मा बजेटमाथिको छलफलको औचित्यमाथि प्रश्न उठाएका छन् । सोमबार प्रतिनिधिसभामा जारी बजेटमाथिको छलफलमा भाग लिँदै केसीले संसद्मा जति बहस र छलफल गरेपनि बजेटमा कुनै परिवर्तन नहुने भएकाले बजेटमाथिको छलफलको औचित्य नभएको टिप्पणी गरेका हुन् ।
उनले बजेटको छलफल उत्साहजनक नरहेकाले आफू बैठकमा निदाएको बताए । उनले भने, ‘अर्थमन्त्री ज्यूले पेस गर्नुभएको बजेट एकसुको एक आना यहाँ जति उफ्रे पनि तलमाथि गर्न नपाइने, जे आएको छ त्यसलाई स्वीकार गर्नपर्ने भएपछि यस्तो छलफलको पनि त्यति औचित्य लड्न छोड्यो । म छलफलको कुरा सुन्दा वाक्क लागेर निदाएछु । रमाइलो छैन संसद्, दिक्क लाग्दो छ ।’
उनले बजेटमा सरकारले संविधानमा व्यवस्था गरेबमोजिम समाजवाद उन्मुख कार्यक्रमलाई प्राथमिकता दिन नसकेको बताउँदै नीति तथा कार्यक्रम भन्दा फरक रुपमा बजेट आएको टिप्पणी गरे ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं