लुम्बिनी प्रदेश सरकारमा १२ औं मन्त्रीका रुपमा कृष्णा केसी थपिएकी छन् । यसअघि १० वटा मन्त्रालय रहेकामा भागबण्डा मिलाउन सरकारले मन्त्रालय संख्या १२ पुर्याएको थियो । सोमबार मुख्यमन्त्री जोखबहादुर महराले केसीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
केसी नेकपा माओवादी केन्द्रबाट बाँके निर्वाचन क्षेत्र नं १ को (१) बाट निर्वाचित भएकी हुन् । २३ चैतमा मुख्यमन्त्री नियुक्त महराले १२ वैशाखमा मन्त्रिपरिषद विस्तार गर्दा ऊर्जा मन्त्रालय आफैंसँग राखेका थिए । नवनियुक्त मन्त्री केसीले सोमबार नै प्रदेश प्रमुख समक्ष देउखुरीको लुम्बिनी हलमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।
लुम्बिनी प्रदेश सरकारमा एमालेबाट आर्थिक मामिलामन्त्रीसहित ५, माओवादीबाट मुख्यमन्त्रीसहित ३, नागरिक उन्मुक्ति, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीबाट १–१ मन्त्री छन् । एक जना स्वतन्त्र सांसद पनि मन्त्री भएका छन् । ८७ सदस्यीय प्रदेश सभामा रहेका ४८ सांसदको समर्थनमा अहिलेको सरकार बनेको छ । यस डिल्ली चौधरीको पालामा मन्त्रालय संख्या ९ वटा थियो ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके