सूचनाको शक्ति - The Power Of Information

        

आज लुम्बिनी र कोशी प्रदेशको नीति तथा कार्यक्रम

लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । आज बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।

उनका लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । यता कोशी प्रदेशको आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने भएको छ ।

सोमबार दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङ्गले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् सरकारका प्रवक्ता लिलावल्लभ अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार ०६:४७

लोकप्रिय