सूचनाको शक्ति - The Power Of Information

        

नागरिक उड्डयन पूर्वाधारतर्फ तीन अर्ब ७७ करोड बजेट

सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न आउँदो आर्थिक वर्षमा लगानीको ढाँचा र पूर्वतयारी कार्य सम्पन्न गर्ने जनाएको छ । विमानस्थल सार्वजनिक–निजी साझेदारीमा बनाइनेछ ।

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमानित विवरण (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । उनले भरतपुर विमानस्थल विस्तार कार्य आउँदो वर्ष सम्पन्न गर्ने र यसका निम्ति ३६ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

यस्तै, सुर्खेत विमानस्थलको स्तरोन्नति गर्ने, रोल्पाको बडाचौर, दाङको टरिगाउँ, जुम्ला, विराटनगर, धनगढी र नेपालगन्ज विमास्थलको स्तरोन्नति गरिने पनि उनले बताए । अर्थमन्त्री पुनले नागरिक उड्डयन पूर्वाधारतर्फ तीन अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८१, मंगलवार १५:५९

लोकप्रिय