सूचनाको शक्ति - The Power Of Information

        

सरकारको नीति तथा कार्यक्रम पारित, मंगलबार बजेट भाषण

आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम प्रतिनिधिसभा बैठकमा बहुमतले पारित भएको छ । सरकारको तर्फबाट गत जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका थिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बिच सरकारको नीति तथा कार्यक्रम पारित भएसँगै बैठक मंगलबारसम्मलाई स्थगित गरिएको छ । मंगलबार पौने एक बजे दुवै सदनको संयुक्त बैठक बोलाइएको छ ।

बजेट भाषण मंगलबार दिउँसो १ बजे

सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट मंगलबार दिउँसो ल्याउने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारले आर्थिक वर्ष २०८१–०८२ को बजेट १५ गते दिउँसो पौने १ बजे प्रस्तुत गरिने जानकारी दिए ।

बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको छ । त्यसका लागि समयमै सभामा उपस्थित हुन सांसदहरुलाई उनले आग्रह समेत गरेका छन् । संविधानको धारा ११९ अनुसार संघीय संसदको संयुक्त बैठकमा जेठ १५ गते नै बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नेछन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतवार १४:५०

लोकप्रिय