सूचनाको शक्ति - The Power Of Information

        

राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक बस्दै

राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा, स्थानीय तहहरूको अधिवेशन, संगठन सुदृढीकरणसंगै सक्रिय सदस्यता वितरण अभियानबारे छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

बैठकले केन्द्रीय कार्य समितिको बैठकको मिति तय गर्नुका साथै बैठकमा पेस हुने कार्यपत्र र प्रतिवेदनहरू समेत पास गर्नेछ । बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र, महामन्त्रीद्वय भाष्कर भद्रा र बर्तौलाले क्रमशः सचिवालय र संगठनसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको पार्टीले जनाएको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८१, आइतवार ०८:५१

लोकप्रिय