प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलन तथा ठगीविरुद्ध आज सडक प्रदर्शन गर्दै छ ।
बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले काठमाडौं उपत्यकाका तीन जिल्लाका १५ वटा निर्वाचन क्षेत्रबाट प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
कांग्रेसले सहकारी बचतकर्ताको रकम फिर्ता दिनुपर्ने, गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्नेसहितका माग राखेर सुरुमा उपत्यकाकेन्द्रित सडक आन्दोलन गर्न लागेको हो ।
विभिन्न सहकारीबाट झन्डै पाँच खर्ब रुपैयाँ अपचलन भएको कांग्रेसको ठहर छ । मुलुकभरिका केही दर्जन ठूला सहकारी संस्थाहरूले मात्रै बचतकर्ताको दुई खर्ब रुपैयाँभन्दा बढी अपचलन गरेको तथ्यहरू सार्वजनिक भएको अवस्थामा पनि सरकार गम्भीर नबनेपछि आन्दोलन गर्नुपरेको कांग्रेसको भनाइ छ ।
“३१ हजार ३७३ सहकारीमा आबद्ध ७३ लाख ८१ हजार सर्वसाधारणको धेरै बचत यसरी सहकारीका सिमित सञ्चालक र निजी कम्पनीहरूले संगठितरूपमा अपचलन, ठगी र दुरुपयोग गरेका छन् ।
हजारौँ सहकारी पीडितले बचत फिर्ता, सुरक्षा र न्यायका लागि विभिन्न तह र निकायमा उजुरी निवेदन दिएका छन्,” कांग्रेसले भनेको छ । प्रदर्शनका लागि लागि कांग्रेसले उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाउने भएको छ ।
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ