सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि

नेपालमा कारोना भाइरसको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि भएको छ । केही महिनायता कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा ४२ प्रतिशतको हाराहारीमा ‘केपी.१ र केपी.२’ पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गरेको थियो । हाल उक्त भाइरस सिंगापुर अमेरिका लगायत अफ्रिकी मुलुकमा देखिएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८१, शनिबार ०७:५१

लोकप्रिय