सूचनाको शक्ति - The Power Of Information

        

कर्णालीका कृषिमन्त्री शाहद्वारा शपथ ग्रहण

कर्णाली प्रदेशका नवनियुक्त भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले शपथ लिनुभएको छ ।

मन्त्री शाहलाई सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रदेश प्रमुखको कार्यालयमा आज एक कार्यक्रमका बीच प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

नेकपा एमालेबाट मन्त्री बन्नुभएका शाहले यसअघि वैशाख १८ गते शपथ बहिष्कार गर्नुभएको थियो । उहाँले त्यतिखेर मन्त्रालयप्रति असन्तुष्टि जनाउँदै शपथ लिनुभएको थिएन ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार १८:२५

लोकप्रिय