सूचनाको शक्ति - The Power Of Information

        

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ

गण्डकी प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखविरुद्धको रिटमा आजलाई पेसी तोकिएको छ । न्यायाधीशद्वय कुमार रेग्मी र सुनिल पोखरेलको इजलासमा मङ्गलवारदेखि बहस सुरु भएको हो।

सबै पक्षको बहस सकेर सर्वोच्चले आजै फैसला आदेश  सुनाउने छ । अन्तरिम आदेश जारी गरे अधिकारी पदमुक्त हुने छन्। अनि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ।

नेपाली काग्रेसका तर्फबाट सुरेन्द्र पाण्डेले रिट दायर गरेका हुन्। गएको वैशाख २५ गते प्रदेशसभाका सभामुख समेतको नाम राखी बहुमत देखाएर गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका थिए ।

त्यसविरुद्ध पाण्डेले वैशाख २७ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार ०७:४४

लोकप्रिय