सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपा बस्ने छ ।

समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गरी धारणा बनाउन संयुक्त बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा भएको महासमिति बैठक पछि पहिलो पटक संयुक्त बैठक बस्न लागेको हो ।

सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार ०७:३३

लोकप्रिय