सूचनाको शक्ति - The Power Of Information

        

सहकारी प्रकरण : कार्यदलको बैठक जारी

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाउन कार्यदलको बैठक बसिरहेको छ ।

सिंहदरबारस्थित कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको क्षेत्राधिकारबारे छलफल भइरहेको छ ।

शनिबार गठित कार्यदलले आइतबार बिहानदेखि साँझसम्म छलफल गरे पनि निष्कर्षमा पुग्न नसकेपछि आज फेरि बैठक बसेको हो ।

नेपाली कांग्रेसले समिति बनाउँदा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नामै उल्लेख गर्नुपर्ने अडान राख्दै आएको छ भने सत्ता गठबन्धनका दल यस कुरामा असहमत छन् ।

कार्यदलमा कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा कांग्रेसका जीवन परियार, एमालेका महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल सदस्य रहेका छन् । बैठकमा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी हुनुहुन्छ ।

सहकारी प्रकरणमा छानबिन समितिको माग गर्दै कांग्रेसले लगातार संसद वैठक अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलवार १०:४६

लोकप्रिय