सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत पाउनुभएको छ । नेपाली कांग्रेसका सांसदहरूको नाराबाजी र होहल्लाकै बीच आज भएको मतदानबाट प्रधानमन्त्रीले विश्वासको मत पाउनुभएको हो ।

प्रधानमन्त्री प्रचण्डले एक सय ५७ मत पाउनुभएको छ । विपक्षमा कुनै मत परेन । मत दिन्न भन्ने पक्षमा जम्मा एक मत परेको छ । आजको मतदानमा एक सय ५८ जना सांसद रहेका थिए । प्रचण्डले डेढ वर्षको अवधिमा आज चौथो पटक विश्वासको मत पाउनुभएको हो ।

आजको मतदानमा एक सय ५८ जना सांसद सहभागी भएका थिए । प्रधानमन्त्री प्रचण्डले एक सय ५७ मत पाउनुभएको छ । विपक्षमा कुनै मत परेन । मत दिन्न भन्ने पक्षमा जम्मा एक मत परेको छ ।

प्रचण्डले डेढ वर्षको अवधिमा आज चौथो पटक विश्वासको मत पाउनुभएको हो । २०७९ सालको पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका प्रचण्डले विभिन्न गठबन्धन परिवर्तन भइरहँदा यसअघि तीन पटकसम्म संसदबाट विश्वासको मत पाउनुभएको थियो ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार १८:१२

लोकप्रिय