एमालेको नवौं जिल्ला अधिवेशनबाट बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित भएका छन् ।
आज बिहान सम्पन्न मत गणनाको नतिजाअनुसार गुरुङले डिल्ली बिसीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।
गुरुङले २९१ मत प्राप्त गरेर विजयी हुँदा बिसीले १५४ मत पाए । पूर्वपत्रकार समेत रहेका बिसीलाई एमाले महासचिव शंकर पोखरेलको साथ थियो ।
निर्वाचनबाट उपाध्यक्षमा रत्न खत्री विजयी भएका छन् । प्रदेश सरकारका सामाजिक विकासमन्त्री समेत रहेका खत्रीले ३१३ मत पाएका छन् । उनका प्रतिस्पर्धी रवीन्द्र लम्सालले १३८ मत पाए ।
सचिवमा बलराम भट्टराई १३९ मतका साथ विजयी हुँदा खिलप्रसाद भुसालले १०६, भीम वलीले ९५ र दत्त आचार्यले ८८ मत पाएका छन् ।
उपसचिव महिलामा निर्मला सुनार विजयी भएकी छन् भने अर्का उपसचिवमा किशोर थापा विजयी भएका छन् ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके