सूचनाको शक्ति - The Power Of Information

        

‘रवि लामिछाने कायर हैन, उजुरीसँग डराउँदैन’

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफू र आफ्नो पार्टी कायर नभएको भन्दै चेतावनी दिएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले मिडिया ‘ट्रायल’ले आफू कमजोर नहुने पनि बताए ।

“मिडियाको हेडलाइनले अपराध गर्ने मान्छे डराउँछ होला, रास्वपा कायरहरूको पार्टी होइन, रवि लामिछाने कायर हैन,” उनले भने ।

आफूहरू सत्यको बाटोमा हिँडेको भन्दै उनले झुटा मुद्दा र उजुरीसँग नडराउने बताए । “हामीसँग दरिलो मुटु छ, मिडिया ट्रायलको खेल चल्दैन । खेल्न र हार्न केही छैन । झुटा मुद्दा र उजुरीसँग डराउँदैन । झुक्न एक इन्च पनि स्वीकार्य छैन,” उनले भने ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतवार १९:०७

लोकप्रिय