सूचनाको शक्ति - The Power Of Information

        

अत्याचार, अन्याय सहन तयार छु : गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नियमित कानुनको प्रक्रियालाई पन्छाएर संंसदीय छानबिनका निम्ति बाध्य पार्नु अवैधानिक भएको जिकिर गरेका छन् ।

आफूमाथि उठाइएका प्रश्नको आइतबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै उनले अत्याचार भएको र त्यो सहन तयार रहेको बताए । “…संसदीय छानिबनका लागि बाध्य पार्ने कार्य अनुचित हो । अनैतिक हो । अराजनैतिक हो । अवैधानिक हो । अन्याय हो । अति हो र अत्याचार गर्नु हो,” उनले भने, “म अत्याचार, अन्याय सहन तयार छु ।”

उनले प्रतिपक्ष दलले ‘जसरी पनि पिलाएरै छाड्ने’ निर्णय गरेको आरोप लगाए । हातखुट्टा बाँधेर बोल्न नदिएको भन्दै उनले आक्रोश पोखे ।

उनले गृहमन्त्री हुन अनैतिक हुने, प्रधानमन्त्री हुन नैतिक कसरी ? भनी प्रश्न समेत गरे । “गृहमन्त्री हुन नैतिक रूपमा नमिल्ने भए प्रधानमन्त्री हुनचाहिँ कुन नैतिक रूपले मिल्ने रहेछ ?,” उनले भने, “अफर गर्नेहरूले कान रातो पार्नु पर्दैन ।

म राजनीतिमा गोपनीयतालाई ख्याल राख्ने मान्छे हुँ ।”

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतवार १९:०४

लोकप्रिय