सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेसले बोलायो विपक्षी दलको संयुक्त बैठक

नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ।  त्यस लगत्तै कांग्रेसले विपक्षी दलहरुको संयुक्त बैठक आह्वान गरेको छ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठक जारी रहेको र त्यस लगत्तै जसपा नेपाल, राप्रपा, लोसपा, नेमकिपा, जनमोर्चा लगायतका नेताहरुलाई बैठकमा बोलाएको जानकारी दिए।

प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुको संयुक्त रणनीति बनाउने उद्देश्यले संयुक्त बैठक बोलाइएको नेपाली कांग्रेसले जनाएको छ।

बैठक बिहान ११ बजे बोलाइएको छ। आजको बैठक चल्न नदिने कांग्रेसको रणनीति छ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार ११:०३

लोकप्रिय