सूचनाको शक्ति - The Power Of Information

        

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सकिँदै

नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक आज सकिने भएको छ । हिजोबाट सुरु भएको बैठक आज सकिने भएको हो ।

जारी बैठकमा मंगलबार अध्यक्ष माधवकुमार नेपालले राजनीतिक, सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, उपाध्यक्ष बेदुराम भुसालले विधान संशोधन र महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सोही दस्ताबेजमाथि केन्द्रीय कमिटीका सदस्यहरूलाई १२ वटा समूहमा विभाजन गरेर छलफल भइरहेको छ ।

आजको बैठकमा समूहगत छलफलबाट आएका निष्कर्षलाई टोली नेताले प्रस्तुत गरेपछि बैठक सक्ने तयारी गरिएको एकीकृत समाजवादीले जनाएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार ०७:४९

लोकप्रिय