नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति एवं पूर्वसांसद खगेन्द्रराज रेग्मीको ७५ वर्षको उमेरमा निधन भएको छ ।
उनको मंगलबार बिहान आफ्नै घर स्याङ्जाको भीरकोट नगरपालिका गेझबासमा निधन भएको हो ।
रेग्मी क्यान्सर राेगबाट लामो समयदेखि पीडित थिए । काठमाडौंमा उपचारमा सुधार हुन नसकेपछि अस्पतालले डिस्चार्ज गरेको थियो ।
राष्ट्रिय सभाका पूर्वसदस्यसमेत रहेका रेग्मीको परिावरमा श्रीमतीमात्रै छन् । उनको शव अन्तिम श्रद्धाञ्जलिका लागि बिहान ११ बजे जिल्ला पार्टी कार्यालय स्याङ्जामा राखिने बताइएको छ ।
लामो समय शिक्षण पेसामा रहेका उनलाई २०५८ माघ २७ गते माओवादीले गोली हानी घाइते बनाएका थिए । उनको ‘मेरो जीवनयात्रा यातना पीडाको कथा’ आत्मकथा प्रकाशित छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ