प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहान ८ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने जनाइएको छ ।
हिजो दिउँसोका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरि आजका लागि बोलाइएको हो ।
आज सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरिरहेको अवस्थामा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्न कांग्रेसले दलको बैठक बोलाएको हो ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
यसअघि हिजो पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकार छानबिन समिति गठन गर्न तयार नभए नीति तथा कार्यक्रम पेस गर्न नदिने निर्णय गरेको थियो ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गर्ने कार्यक्रम रहेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौँ