सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा एमाले परित्याग गरी तीन जना कांग्रेसमा प्रवेश

नेकपा एमाले परित्याग गरी तीन जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेकपा एमाले नेपालगन्ज नगर कमिटीका निवर्तमान सहसचिव नेपालगन्ज-१ का स्थानीय गोरख बहादुर बुढा, जननिर्वाचित निवर्तमान वडा सदस्य सरस्वती महत र मुनादेवी रावल नेकपा एमाले परित्याग गरी आज नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेलले उनीहरुलाई पार्टी सदस्यता प्रदान गरेर पार्टीमा भित्र्याएको जिल्ला सदस्य उमा थापा मगरले जानकारी दिइन् । गौडेलले उनीहरूलाई खादा लगाएर स्वागत गरेका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार १७:३९

लोकप्रिय