सूचनाको शक्ति - The Power Of Information

        

प्रचण्ड सरकारमा अशोकको ‘इन्ट्री’, उपेन्द्र ‘आउट’

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिएसँगै अशोक राई नेतृत्वको जसपा सरकारमा सहभागी हुने भएको छ । राई नेतृत्वको जनता समाजवादी पार्टीले तीन जनालाई सरकारमा पठाउने तयारी गरेको छ ।

जसपा महासचिव इस्तियाक राईका अनुसार प्रदीप यादव, हसिना खान र रञ्जु झा सरकारमा सहभागी हुनेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीको नाम मागेपछि जसपाले उक्त नाम पठाएको हो । यादव स्वास्थ्यमन्त्री, खान राज्यमन्त्री र झा विनाविभागीयमन्त्री बन्ने बुझिएको छ ।

सरकारमा सहभागी जसपा नेपालका अध्यक्ष यादव र दीपक कार्कीले पदबाट राजीनामा दिइसकेका छन् । पार्टी फुटेपछि राई नेतृत्वको जसपामा लागेका नवलकिशोर साह सुडी यसअघि नै वन तथा वातावरणमन्त्री छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बाट तीन जना मन्त्री बन्ने भएका छन् ।

महासचिव राईका अनुसार प्रदीप स्वास्थ्य तथा जनसंख्या मन्त्री, हसिना स्वास्थ्य राज्यमन्त्री र रञ्जु झा ठाकुरलाई बिनाविभागीय मन्त्री बनाउने निर्णय गर्दै पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सरकारमा पठाउने भएको हो । महासचिव राईका अनुसार पार्टीले पठाएका मन्त्रीहरूको शपथ आज साँझ ५ बजे हुनेछ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार १५:५१

लोकप्रिय