सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस संसदीय दलको बैठक सर्‍यो

नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक सरेको छ ।

आज दिउँसोका लागि तय गरिएका दुवै बैठक स्थगित गरिएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ ।

आज स्थगित भएको बैठक जेठ १ गते बस्नेछ । संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे र दलको बैठक ९ बजे बस्ने कांग्रेसले जनाएको छ ।

बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ ।

संसदमा सिर्जना भएको घटनाक्रमबारे थप छलफल गर्नका लागि बैठक बोलाइएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ । सरकार समिति गठन गर्न तयार नभएपछि संसद प्रभावकारी रुपमा सञ्चालन हुन पाएको छैन ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार ११:२३