२०८२ कात्तिक ३० , आइतबार 17, November 2025, Monday

मधेश सरकारबाट बाहिरियो माओवादी

सत्यपाटी
सत्यपाटी । काठमाडौँ । २०८१ वैशाख ३० गते आइतबार

मधेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ ।

आइतबार मन्त्रीहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा दिएका हुन् ।

साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोके पनि उनले सम्हाल्न मानेका थिएनन् । भट्टराई भने उद्योग तथा पर्यटनमन्त्री थिए ।

प्रकाशित मिति : २०८१ वैशाख ३० गते आइतबार