सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनी प्रदेशसभाका दुई सांसद अशोक राईको पार्टीमा खुले

लुम्बिनी प्रदेशसभाका तीन जना सांसद नवगठित जनता समाजवादी पार्टी (जसपा) मा खुलेका छन् । प्रदेशसभामा रहेका तीनमध्ये दुई सांसद अशोक राई नेतृत्वमा जसपामा खुलेका हुन् ।

प्रदेशसभा सदस्यहरू आदेश कुमार अग्रवाल र भण्डारीलाल अहिर यादवले लुम्बिनी प्रदेश निर्वाचन कार्यालयमा गई जसपाको पक्षमा सनाखत गरेका हुन् । दुवै जना बाँके क्षेत्र नं. २ को १ र २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद हुन् । अहिर लुम्बिनी प्रदेशको कृषि मन्त्री समेत रहेका छन् ।

प्रदेशसभाका सबै सांसद नवगठित पार्टीमा सनाखत गर्ने पक्षमा रहेको जसपा नेता मणिकर कार्कीले बताए । ‘प्रदेशसभामा रहनु भएका हाम्रा दुईजना सांसदले हाम्रो पार्टीको पक्षमा सनाखत गर्नु भएको छ ।

काफ्लेजीले पनि हाम्रो पक्षमा रहेको बताउँदै आउनु भएको छ, तर आज उहाँको सनाखत भएको छैन’, कार्कीले भने । लुम्बिनी प्रदेशमा ३ जना सांसद रहेकोमा अव उपेन्द्र यादव तिर समानुपातिक सांसद अम्बिका काफ्ले मात्रै रहेका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतवार १६:५७

लोकप्रिय