जनता समाजवादी पार्टी (जसपा) नेपाल बाँकेका अध्यक्ष तथ नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राईले आफू उपेन्द्र यादव नेतृत्वकै जसपामा रहेको स्पष्ट पारेका छन् ।
उनले एक प्रेस विज्ञप्ति जारी गर्दै आफूसहित बाँके जिल्ला समितिमा रहेको सबै नेताहरु जसपा नेपालमै रहेको स्पष्ट पार्दै पार्टी विभाजनको आलोचना गरेका छन् ।
राईले विभाजित मनस्थितिका केही व्यक्तिहरुले निर्वाचन आयोगमा अवैधानिक निवेदन दिएर पार्टी विभाजन गरेको आरोप लगाए ।
संसद अधिवेशन आह्वान भैसकेको अवस्थामा दल विभाजनसमबन्धी अध्यादेश खारेज भएको अवस्थामा गरिएको पार्टी विभाजन र दर्ता अवैधानिक भन्दै उनले जिल्लाका निर्वाचित जन प्रतिनिधि र बहुमत केन्द्रीय सदस्य, पार्टी नेता कार्यकर्ता पार्टीमै रहेको उल्लेख गरेका छन् ।
उनले वर्तमान अवस्थामा पार्टीलाई थप मजबूत र एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके