कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कंडेलले सर्वदलीय बैठक बोलाएका छन ।
प्रदेशको समग्र विकास र समृद्विमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच साझा धारणा बनाउने भन्दै मुख्यमन्त्री कंडेलले जेठ ४ गते सर्वदलीय बैठक बोलाएका हुन।
समृद्वि र विकास सबैको साझा सरोकारको विषय हो, एक्लाएक्लै हिंडनुभन्दा सबै राजनीतिक दलहरूबीचको साझा सहमति खोज्ने उद्देश्यले सर्वदलीय बैठकको आयोजना गरिएको मुख्यमन्त्री कंडेलले बताए ।
उनका अनुसार प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका प्रदेश अध्यक्षसहित ३ जना र दलका नेता वा प्रमुख सचेतकलाई बैठकमा सहभागिताका लागि आमन्त्रण गरिएको छ ।
प्रदेश सभामा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले, एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ।
जेठ महिनामा नीति तथा कार्यक्रम र असार १ गते बजेट ल्याउने संवैधानिक व्यवस्था छ । त्यसकै पूर्वतयारीका लागि कँडेलले दलहरुबीच साझा धारणा बनाउन सर्वदलीय बैठक बोलाएको बुझिएको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । सुर्खेत