सूचनाको शक्ति - The Power Of Information

        

राप्रपा संसदीय दलको बैठक बस्दै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक बस्दै छ ।

बैठक आज मध्याह्न १२ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने जनाइएको छ ।

छलफलमा आगामी बजेट अधिवेशन र अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार ०९:२८