सूचनाको शक्ति - The Power Of Information

        

जसपा फुटेपछि माधव नेपालको पार्टीभित्र हलचल

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टीभित्र हलचल सुरु भएको छ । जसपा विभाजनपछि नेकपा एकीकृत समाजवादी पार्टीसमेत विभाजन हुने चर्चासँगै पाटीभित्र हलचल सुरु भएको छ ।

नेकपा एकीकृत समाजवादीका नेताहरुले भने पार्टी विभाजन गर्न कुनै शक्तिले नसक्ने दाबी गरेका छन् । ‘कुनै पनि शक्तिले नेकपा एकीकृत समाजवादी पार्टी विभाजन गर्न सक्दैन’, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेको भनाइ छ ।

यसैबीच, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले संसदीय दलको बैठक बोलाएका छन् । संसदीय दलको बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने गरी बोलाएको छ ।

उपाध्यक्ष पाण्डेका अनुसार पार्टीका आन्तरिक गतिविधि, आगामी रणनीति तथा संघीय संसद्को वर्षे अधिवेशनमा पार्टीका सांसदले खेल्ने भूमिकाका बारेमा छलफल हुनेछ । संसद्को वर्षे अधिवेशन वैशाख २८ गतेबाट सुरु हुँदैछ ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार ११:२५

लोकप्रिय