सूचनाको शक्ति - The Power Of Information

        

लोसपाका सांसद अभिराम शर्मा निलम्बित

लोसपा मधेश प्रदेशका सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् ।

मधेश प्रदेशका सभामुख  रामचन्द्र मण्डलले शर्मालाई निलम्बन गरेको मधेश प्रदेश सभा सचिवालयले सूचना जारी गरेर जानकारी दिएको छ ।

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेश प्रदेश सभा सदस्य तथा संसदीय दलका नेता अभिराम शर्मालाई निलम्बन गरिएको सचिवालयले जनाएको  छ ।

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार १६:२९

लोकप्रिय